नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 383 · वि.सं. २०२४

नि.नं. 383 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पेश गरेको रसिद सवाल बमोजिमको रित पुगेको नदेखिएमा र सवाल बमोजिम नै जिमिदारले दाखिल खारेज गरे गराएको भएमा जालसाज गरि दर्ता गरे भन्ने दावी नपुग्ने । ०१० सालमा सो जग्गा निवेदक प्रतिवादिकै नाउंमा दर्ता भई मालमा समेत दाखेल भई सकेको देखियो । ९७ साल देखि जग्गा भोग गरेको भन्ने वादीको भनाइ भएकोमा ०१० साल देखिको मात्र तिरो जिमिदारलाई बुझाएको रसिद पेश गरेको । सो रसिद पनि सवाल बमोजिम रित पुगेको नदेखिएको हुनाले त्यस्तो रसिदको आधारबाट जग्गामा वादिको हक पुग्छ भन्न र सवाल बमोजिम जिमिदारले गरेको दाखेल खारेज बदर हुन नसक्ने हुनाले उल्लेखित बादिले जालसाज गरि दर्ता गरे भनी दाबी गरेको जग्गामा निजको हक नपुग्ने ठहरी यिनै पक्ष विपक्षको जग्गा खिचोला मुद्दामा आजै निर्णय भएको हुनाले डिभिजन बेन्चबाट दर्ता बदर गर्ने ठहराएको मिलेको देखिएन । इन्साफ तत्कालिन अपिल तेश्राको मुनासिब ठहर्छ । (प्रकरण नं ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.383
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2024/07/24
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 383
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्