नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 382 · वि.सं. २०२४

नि.नं. 382 — आयस्ता दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) २००८।२७ को इश्तिहार म्याद भित्र नाउँसारी गराउनु पर्ने । (२) कस्तो चिठ्ठीलाई प्रमाणिक मान्न नहुने । ९५।५।१० को चिठ्ठीको हकमा नरध्वज कै हस्ताको हो भन्न नसकी अरु कसैलाई लेख्न लगाइ पठाएको समेत के हो यसै भन्न सक्दीन भनेको समेत देखिएको । यदि सो चिठ्ठीहरु प्रतिवादि नरध्वजले वादिलाई लेखेको सद्दे नै ठरहेका खण्डमा पनि २००९।८।२७ को सदर इस्तिहार बमोजिम म्याद भित्र वादिले आफ्नो नाउमा नामसारी गराइ आफूले भोग तिरो गर्न समेत नसकी प्रतिवादि कै दर्ता भोग तिरो कायम रहेको । सो मौजामा कानून बमोजिम रितपूर्वक अरु कुनै लिखत सबुद समेतको अभावमा सो घरायसी चिठ्ठी सम्मका आधारले वादिको हक कायम हुन नसक्ने हुनाले सो चिठिहरुलाइ मौजा हक वेहकको कुरामा प्रमाणिक मान्न नमिल्ने समेत हुँदा सो तिलकपुर मौजाको हकमा पनि मेरो हकको भन्ने वादिको भनाइ कायम हुन आएन । (प्रकरण नं.१२) (३) हकै नभएको मौजाको वाली भराई पाउँ भन्ने मुद्दा लाग्न नसक्ने, खारेज हुने । पतेनी र तिलकपुर दुवै मौजामा वादिको हक देखिन नआए पछि हकै नपुग्ने मौजाको आयस्ता विगो भराइ पाउँ भन्ने दाबीको वादीको प्रस्तूत नालेस तत्काल प्रचलित अ.वं.१०६ नं. ले लाग्न नसक्ने हुँदा खारेज हुने ठहराएको सम्म ०२१।१०।१२ को डिभिजन वेन्चको मुनासिबै ठहर्छ । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.382
मुद्दाको विषयआयस्ता दिलाई पाउँ
निर्णय वर्ष / मिति2024/05/27
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 382
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्