नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3814 · वि.सं. २०४६
नि.नं. 3814 — बिक्री बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सट्टापट्टामा चित्त नबुझेको भए अंश मुद्दामा सोही सट्टापट्टाबाट पाएको जग्गा तायदातीमा दिई सोहीबाट अंश पाउने ठहर्याए उपर सट्टापट्टामा आफ्नो उजूर परी कारवाहीमा रहेको कुरा देखाई पुनरावेदन दिई सो तायदाती समेत बदर गराउनु पर्ने । (प्रकरण नं. ८) (२) जुन कुरामा आफूले आफ्नो हक बदर गरिपाउँ भनी दावी लिई मुद्दा दिई कारवाही समेत चलाई राखेको छ, सोही सट्टापट्टाको लिखतबाट पाएको तायदातीको जग्गा अंश पाउने भनी ठहर भएकोमा चित्त बुझाई बसेपछि सोही सट्टापट्टामा आफ्नो हक जति बदर गरी पाउनु पर्ने भन्ने प्रस्तुत पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3814 |
|---|---|
| मुद्दाको विषय | बिक्री बदर |
| निर्णय वर्ष / मिति | 2045/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3814 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
