नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 381 · वि.सं. २०२४

नि.नं. 381 — लिखतपास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साबिकको रजिष्ट्रेशनको ९ नं. – रित नपुगेको लिखत अड्डाबाट रित पुर्‍याई पास गरि दिन सक्ने । घरायसको लिखतमा केही कमबेसी लेखिन गई रित नपुगेकै छ भने पनि रित नपुगेकोमा पास गर्ने अड्डाबाट रित पुर्‍याई पास गरि दिन हुने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ९ नं. ले व्यवस्था गरे कै (प्रकरण नं.१३) (२) कस्तो स्थितिमा लिखत पास हुन नसक्ने भन्ने जिकिर उपयुक्त र न्यायसंगत मात्र नमिल्ने । निवेदक प्रतिवादीले एकपटक चित्त बुझाई सो रु ४४००। आफुले बुझी लिन मन्जुरै गरि धरौट उठाई लिने ऐनको म्याद बाँकी छदै आफु खुसि २१।१०।२१।६ मा काठमाडौं रजिष्ट्रशनमा दरखास्त दिई बुझी लिईसक्नु भएको र उक्त राजिनामा लिखतको जग्गामा घर बनाउन नक्सा पास गरि पाउँ भन्ने वादि रामकृष्ण पाठकको २०।१२।१२।४ मा का.न.पा.मा दरखास्त परी नक्सा बमोजिम घर बनाउँदा कसैलाई पीर मर्का पर्ने भए १५ दिन भित्र उजुर गर्न आउनु भनि का.न.पा.बाट २०।१२।१२।४ मा सूचना टाँस हुँदा निवेदक प्रतिवादीले उजुर बाजुर कुनै नगरि बस्नु भएको समेत देखिन आयो । अतः यस स्थितिमा उक्त लिखत पास हुन नसक्ने भन्ने समेत निवेदक प्रतिवादिको जिकिर उपयुक्त र न्यायसंगत मान्न मिलेन । (प्रकरण नं.१३) (३) थप गरि दिने लिखतको शर्त भएको र सो नै रकम धरौटमा राखि दिंदा पक्षले बुझी लिएमा लिखतको थैली भित्रकै थप रकम भन्नु पर्ने । यहि जग्गा राजिनामा लिएको कुरा उल्लेख गरि सो राजिनामा पास गरि दिंदा अरु मो.रु.४४००। दिने छु भन्ने लेखिएकोले सो जग्गा राजिनामा वापत भई अरु ४४०० थप दिने लिने शर्त भएको देखिएको र सो रु.वादिले धरौट राखेको निवेदक प्रतिवादीले बुझी लिई सक्नु भएको समेत हुँदा राजिनामा लिखतको थैली रु १८००१। भई थप हुने भन्ने कुरा प्रष्टै भएको छ । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.381
मुद्दाको विषयलिखतपास
निर्णय वर्ष / मिति2024/04/17
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 381
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्