नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3782 · वि.सं. २०४६
नि.नं. 3782 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लामो अवधि सम्म आफ्नो हिरासतमा राखी गरेको ततिम्बा बयान अरु सबूदबाट समर्थन हुनु बेगर सोही कागजको भरमा दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न कानुनले नमिल्ने । (प्रकरण नं. २४) (२) अभियुक्त र मर्ने मात्र एकान्त पारी करणी गर्न मागेको र मर्नेले सो कुरामा इन्कार गर्दै रहेकोबाट ट्रक चलाउँदैका अवस्था अभियुक्तले मर्नेलाई करणीको आशयबाट होस नपुर्याई कुनै काम कुरा गर्दा ट्रकको ढोका खुल्न गई साइडमा बस्ने निज ट्रकबाट खसी मरेको, त्यसरी खसी मरेकोमा अञ्चल अदालतको ठहरमा उल्लेख भए बमोजिम करणी गर्न दिन इन्कार गरेको रिस थाम्न नसकी अभियुक्तले नै ट्रकको ढोका खोली मर्ने जुलुमलाई खसाली मारेको भन्ने तथ्य सबूद अभावमा ज्यान सम्बन्धीको दफा ६(२) बमोजिम भवितव्य पर्न गएको भन्नु पर्ने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3782 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/12/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3782 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
