नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3779 · वि.सं. २०४६

नि.नं. 3779 — सरकारी श्रेस्ता कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एउटै जग्गाको सम्बन्धमा भए पनि सो जग्गाको दावी बमोजिमको २ नं. रसिद खडा गर्नु छुट्टै वारदात भएको र सोही जग्गाको दावी बमोजिम सरकारी श्रेस्ता केरमेट गरी आफ्नो नाउँ लेख्नु लेखाउनु छुट्टै वारदातको कुरा भई मुद्दा गर्नु पर्ने कारण समेत छुट्टै देखिन आएकोले यस्तो अवस्थामा झगडाको जग्गामा स्वामित्व कायम गर्ने एउटै तात्पर्य भए पनि एउटै कार्यको लागि दोहरो कारवाही भन्न नमिलेकोले सो सम्बन्धी पुनरावेदकतर्फको जिरह मनासिब नदेखिने । (प्रकरण नं. २३) (२) घरायसमा जग्गा राजीनामा लिएकोबाट मौकैमा गराएको भनेकोमा सो राजीनामा पेश समेत हुन नआएकोबाट पुनरावेदकको जिकिर बमोजिम पुनरावेदकले शुद्ध रुपमा सो काम गराएको भन्ने भए देखिन आएन, जहाँसम्म अरुले सफाई पाएको पुनरावेदक एकले सो कीर्ते काम गरेको भन्न नमिल्ने भन्ने हकमा जिकिर बमोजिम नापीको कर्मचारीको संलग्नता नभई सो काम हुन नसक्ने तर सम्बन्धित कर्मचारीको वतन पत्ता नलागेबाट सम्म कर्मचारी उपर लिएको दावी खम्भीर नभए पनि वतन खुल्न आएका बखत कारवाही गरिने भन्ने शुरुबाट ठहर समेत भइरहेको देखिएको हुँदा जिकिर पनि मनासिब नदेखिएकोले इन्साफ क्षेत्रीय अदालतको मनासिब ठहर्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3779
मुद्दाको विषयसरकारी श्रेस्ता कीर्ते
निर्णय वर्ष / मिति2046/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्