नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3774 · वि.सं. २०४६

नि.नं. 3774 — जिउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जाहेरवालीले प्रहरीमा गरेको बयान कागजलाई पुष्टि गरी अदालतमा समेत किटान बयान गरेको देखियो, प्रतिवादी जाहेरवालीको भनाई बमोजिम निजलाई बिक्री गरेको कुरा स्वीकार्दै प्रहरीमा सावित भएको देखिन्छ, अदालतमा निज प्र.इन्कार रहे बाहेक अन्य सबूद प्रमाण पेश दाखिल हुन आएको छैन, सरजमीनका मानिसहरुले पनि अदालतमा बयान गर्दा समेत प्रतिवादी उपर आरोप बमोजिम कसूर गरेको भनी उल्लेख गरेको देखिँदा प्रतिवादीले जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको ठहराई जीउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको शुरु जि.अ.ले ठहराएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3774
मुद्दाको विषयजिउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2045/12/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3774
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्