नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3770 · वि.सं. २०४६

नि.नं. 3770 — ईसाई मत प्रचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कागजात लगायतका सरजमीनका व्यक्तिहरुले आरोपित कसूर गरेको कुरालाई समर्थन गरी बकपत्र समेत गरेको आधारमा निवेदकलाई कसूरदार ठहर्‍याई गरेको फैसला उपर पुनरावेदनको अनुमतिको निवेदन पर्दा निवेदकहरुले आराधना मण्डली खोली कोठाभित्र आराधना गरेको भन्ने देखिन आएको प्रचार प्रसार गरेको हो भन्ने तथ्ययुक्त आधार नदेखिएको भन्ने आधारमा अनुमति प्रदान गरेको यस अदालत संयुक्त इजलासको आदेशसंग उपर्युक्त स्पष्ट प्रमाणको आधारमा यो इजलास सहमत हुन सकेन । पुनरावेदक प्रतिवादीले क्रिश्चियन (इसाई) धर्मको प्रचार गरी हिन्दू धर्मबाट क्रिश्चियन (इसाई) धर्म परिवर्तन गरेको समेत दुवै अपराध गरेको ठहर्‍याएको शुरु अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने। (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3770
मुद्दाको विषयईसाई मत प्रचार
निर्णय वर्ष / मिति2046/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3770
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्