नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 376 · वि.सं. २०२४
नि.नं. 376 — वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहिबाट निश्कासन गरि पाउँ भन्ने उजुरी दावीको हदम्याद – भूमि सम्वन्धी प्रथम संशोधन अध्यादेश, २०२२ को दफा ४, थपेको मूल ऐनको दफा २९ (क) को खण्ड (क) कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको मितिले ३५ दिनभित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने उल्लेख । उजुर गर्ने हदम्यादको बारे भूमि सम्बन्धी (प्रथम संशोधन) अध्यादेश, २०२२ को दफा ४ ले थपेको मूल ऐनको दफा २९ (क) को खण्ड (क) मा दफा २९ को उपदफा १ को खण्ड (क) मा उल्लेख भएको अवस्थामा कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने उल्लेख भएको भए पनि सो अध्यादेश भन्दा पछि जारी भएको भूमि सम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ६ ले थपेको मुल ऐनको दफा २९ क.को खण्ड (क) मा दैवी परी उब्जा हुन नसकेकोमा बाहेक कुत बुझाउने म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने लेखिएको र दफा १ २. मा दफा २ र १८ मुल ऐन प्रारम्भ भएका मिति देखि र अरु बाँकी दफाहरु तुरुन्त प्रारम्भ हुनेछन् भन्ने उल्लेख भई २२।१२।१० मा लालमोहर सदर भएको समेत देखिएकोले ऐनको उक्त दफा लागू भएको मितिले ३५ दिनको म्याद पनि पाउँन सक्ने प्रष्टै हुँदा । (प्रकरण नं.७) (२) अदालती वन्दोवस्तको १९२ नं. – एउटै मिसिलबाट गर्नुपर्ने काम मध्ये केहि बाँकी राखी पछि बुझी छिन्ने गरेको बेमुनासिव । एउटा मिसिलबाट गर्नुपर्ने काम मध्ये केहि बाँकी राखि पछि बुझी छिन्ने व्यहोरा सँग फैसला गर्न हुँदैन भन्ने अ.बं.१९२ नं. मा व्यवस्था भई रहेको समेत छँदै प्रस्तुत उजुर दावी कै वालीको विगो भराई पाउँ भन्ने तर्फ कारवाइ गर्न मिल्ने भनि बाँकी नै राखि मोहिबाट निस्काशन गरि पाउँ भन्ने तर्फ मात्र हदम्याद नाघेको भनि खारेजी फैसला गरेको पनि मिलेको नदेखिएकोले। (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 376 |
|---|---|
| मुद्दाको विषय | वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ |
| निर्णय वर्ष / मिति | 2023/11/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 376 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
