नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 375 · वि.सं. २०२४

नि.नं. 375 — धर्मलोप

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठीको ४ नम्बरको देहाय १ दफा–शेष जगेडा रहने बाहेकको खान पाउँने शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ भन्ने व्यवस्था भएको । कस्तोलाई शेष बाँकी खान पाउँने सरह नै भन्नु पर्ने । तत्काल प्रचलित गुठीको ४ नं.को देहाय १ दफामा शेष जगेडा रहने बाहेकको खान पाउँने, शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ, भन्ने व्यवस्था भएको पाइयो । (प्रकरण नं.१३) राति बास बस्न आउनेलाई बास बस्न दिने गरि धर्म किर्तिको लागि राखिएको छेडि तला बाहेक अरु चोटा तला समेतको हकमा सो धर्म किर्तिको संरक्षण गरि राख्ने हक र दायित्व पाएका व्यक्तिले उपभोग गर्न पाउँने भए पछि त्यसलाई शेष वाँकी खान पाउँने सरह नै भन्नु पर्ने हुनाले उक्त ऐन बमोजिम धितो बन्धक राख्न पाउँने कुरा प्रष्टै छ । (प्रकरण नं.१४) (२) फैसला उपर अपिल नगरे इन्साफमा चित्त बुझाएकै देखिने–गुठीको मुख्य काममा बाधा परी लोप हुन जाने अवस्था नदेखिएमा धर्मलोप भयो भन्न नमिल्ने । भूलबाट स्वबासी लेखिन गएको सच्याई पाउँ भनि ०१७।३।२१।३ मा प्र.मंगलप्रसादले निवेदन दिएको नक्कल पेश भएको र सोभितलाललाई पास गरिदिएको भन्ने भोग बन्धकी लिखतमा छेडि तला बाहेक गरि भन्ने लेखि राखे कै समेत हुँदा सो भोग बन्धकी दिएको समेतबाट छेडि तला दलानमा राति बास बस्न आउनेलाई बस्न दिने गुठीको मुख्य काममा बाधा परी धर्मलोप हुन जाने अवस्था देखिन समेत आउदैन । किनकि दलानमा बास बस्न आउनेलाई बस्न दिने गरि आए कै हुनाले धर्मलोप भएको भन्न नमिल्ने भनि का.जी.अ.दो.ले गरेको फैसला उपर बादीले अपिलै नगरि चित्त बुझाइ बसेको समेतबाट धर्मलोप हुने भन्ने कुरा पुष्टी हुन सकेको छैन । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.375
मुद्दाको विषयधर्मलोप
निर्णय वर्ष / मिति2023/12/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 375
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्