नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 374 · वि.सं. २०२४

नि.नं. 374 — विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राष्ट्रिय पञ्चायत स्नातक प्रतिनिधित्व ऐन, २०१९ को दफा ६ मा “तोकेको ढांचा” बमोजिम भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम भन्नाले आयोगले नै तोक्ने नमूना खडा गर्ने र सो बमोजिम छफाई उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने । तोकेको ढांचा बमोजिम भन्नाले निर्वाचन आयोगले केवल दरखास्तको ढांचा अथवा नमूना मात्र तोकि दिए हुने हो वा त्यो तोकेको ढांचा बमोजिमको दरखास्तपत्र नै छापि उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने के हो भन्ने तर्फ हेरेमा निर्वाचन आयोगले तोकेको ढांचा भनेर केवल नमूना मात्र देखाएको भन्ने कुरा कतैबाट देखिन नआएको र त्यस विषयको वहस निर्वाचन आयोग तर्फका बिव्दान सरकारी अधिवक्ताले पेस पनि गर्नु नभएकाले तोकेको ढांचा बमोजिमको दरखास्त भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम छपाई उमेदवारहरुलाई उपलब्ध गराउनु पर्ने भन्ने कुरा प्रष्टै भएको छ । (प्रकरण नं ६) (२) अफिस आयोगको ढिला सुस्तिबाट पक्षको अधिकार हनन् हुन नसक्ने भएमा परमादेशको आदेशद्वारा त्यस्ता आदेश खारेज हुने । मोर∙ विराटनगर जिल्ला पन्चायत कार्यालय मतदान केन्द्रमा ०२४ साल बैशाख ३ गतेको २ बजे मात्र दाखिल हुन आएको भन्ने कुरामा मुख मिलेकै र निर्वाचन आयोगले ०२३ साल चैत्र १९ गते हावाइ डकुमेण्टद्वारा चलान गरेको भन्ने भनाइ छ तापनि बैशाख १–२ गते विदा हो भन्ने जानी जानी लापरवाहि काम गरेको देखिएको । सो सुस्ती कार्यले गर्दा निवेदकलाई यथासमयमा तोकिएको ढांचा बमोजिमको दरखास्त फाराम निर्वाचन आयोगले नै तोकेको सूचना बमोजिम उपलब्ध नहुनाको कारणबाटै निवेदकको कुनै गल्ती सुस्ती नभई ०२४ बैशाख ४ गते साँझ ५ बजे सम्म दरखास्त दाखिल गर्न नसकेको प्रष्टै हुन आयो । (प्रकरण नं ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.374
मुद्दाको विषयविषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।
निर्णय वर्ष / मिति2024/01/24
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 374
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्