नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 373 · वि.सं. २०२४

नि.नं. 373 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बहुसंख्यक सर्जमिन मध्ये कसैले वारदातमा नै देखेको भन्ने र कसैले वारदातमा भाग्न लागेको देखें भन्ने भएमा अभियुक्तको इन्कारी जिकिर पुग्न नसक्ने । अभियूक्तहरुको इन्कारी जिकिर भए पनि मुख्य गवाह मर्ने झौलीको वेनी मंची र अरु मौंका तहकिकातका विरेसपत गडेरी समेतका धेरै सर्जमिनहरु कसैले वारदातमा कसैले भाग्न लागेको देखेको भनि किटान साथ लेखिदिएको समेत प्रमाणबाट निजहरु वाददातमा रहे भएकै सिद्ध हुन्छ । (प्रकरण नं.१४) (२) सर्जमिनको भनाई एक मिलानको नभए लास जाँचबाट पनि २ चोट सम्म देखिएर वारदातमा चार जवान रहे भएको भए अरु मतलव समेत नदेखिएमा वारदातको घटना नरोकेको सम्म देखिने । साबिकको ज्यान सम्बन्धीको ३१ नं.को ३ दफाको अरु किसिमको मतलबी सम्म ठहर्ने । निजहरु ४ जना समेत भई मर्ने झौलीलाई चोट छाडेको भन्ने कुरामा मुख्य गवाह मंची र मौकामा देख्ने भनेका अरु सर्जमिनको भनाइ नै एक मिलान नभएको र लासजाँचबाट मर्ने झैलीको शरिरमा दाइने कानदेखि दुई अंगुल मुनी फुलेको चोट १ र दाहिने कोखामा चोट १ सम्म बाहेक अरु धेरै घा खत भए परेको पनि नदेखिनाले निज ४ जनाले पनि चोट छाडेको भन्ने कुरा प्रमाणीत हुन सकेको देखिंदंैन । देवीको घर बनाउने सार्वजनिक कामको निमित्त सिताराम बाँस काट्न गएकोमा झैलीले रोक्दा रिस उठी झौलीको मृत्यु हुन गएको । यस घटनामा पुगी राखेका निजहरु ४ जनाले झौली उपर बन्चरो प्रहार हुँननदिन रोक्ने प्रयास समेत केही नगरि हेरी रहेको देखिएको र पछि पनि जाहेर नगरेकाले निजहरुलाई तत्काल प्रचलित ज्यान सम्बन्धीको ३१ नं.३ दफामा उल्लेख भए बमोजिम अरु किसिमको मतलबी सम्म भन्नु पर्ने देखिन आएको छ । (प्रकारण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.373
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2023/10/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 373
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्