नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 371 · वि.सं. २०२४
नि.नं. 371 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साबिकको मुलुकी ऐनको दान दातब्यको १२ नम्बर – लिखत गिरिदनेको चित्त नबुझे बदर गर्न पाउँने — एउटै लिखतमा ३ जनाको सहि परि गरिदिएको बकसपत्रमा बकसपत्र दाता मध्ये २ जना मरिसकेको भए तेश्रोले आफ्नो हकसम्मको बकसपत्र बदर गराउन सक्ने सम्पूर्ण बकसपत्रको सम्पत्ती बदर गराउन नमिल्ने । बकस दिने ३ जना मध्ये १ जना सम्म जिवीत रहेको अवस्थाम निजले बदर गराउन चाहे पनि पुरै बकसपत्र बदर गराउने पाउँने सर्त उक्त बकसपत्र लिखतमा लेखिएको देखिन आएन । तत्काल प्रचलित दान दातब्यको १२ नं. मा लिखत गरि दिनेको चित्त नबुझी बदर गर्छु भन्छ भने जहिले सुकै बदर गर्छु भने पनि पाउँछ भन्ने उल्लेख भएको । त्यसबाट लिखत गरि दिने व्यक्तिले सम्म चित्त नबुझे आफ्नो हकसम्म बदर गराउन पाउँने सुबिधा पाएको देखिन्छ । लिखत गरि दिने कृष्ण दास, हिरामाया मरी सकेको भएपछि निजहरुका हकमा बाचुन्जेल पालन पोषण मरेपछि काजकृया समेत बकस पाउँने चन्द्रप्रसादले गर्नु पर्ने लिखत बमोजिमको शर्त पुरागरिसकेको समेत हुन आउँने । यस्तो अवस्थामा अन्य कुनै लिखत शर्त वेगर वादीको उजुरी सम्मबाट मरी सकेको कृष्णदास हिरामायाको हकमा समेत पुरै बकसपत्र बदर हुन सक्छ भन्ने उक्त दान दातव्यको १२ नं. ले नमिल्ने कुरा प्रष्टै छ । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 371 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2023/10/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 371 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
