नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 369 · वि.सं. २०२४

नि.नं. 369 — जग्गा जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्याय प्रशासन ऐन, २०१६ को दफा १९ को उप दफा ४ (ख) – सर्बोच्च अदालतले अपिल गर्न विशेष अनुमति दिन सक्ने । यति भन्दा बढी बिगो भएको भन्ने निबेदनमा जिकिर भएमा संविधानको व्याख्या जस्तो जटिल कानूनी प्रश्न सामाबेश भएको भन्न नमिल्ने । न्याय प्रशासन ऐन, २०१६ को दफा १९ का ४ (ख) मा त्यस्तो निस्सा गरि दिन उच्च अदालतले इन्कार गरे तापनि संविधानको व्याख्या जस्तो कुनै जटिल कानूनी प्रश्न समाबेश भएको भन्ने सर्बोच्च अदालतलाई चित्त बुझ्ने कारण भई आफू छेउ अपिल गर्न पाउँने गरि विशेष अनुमति दिएको मुद्दा मामिला वा भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अपिल दिन पाउँने गरि १९।३।४।२ को डिभिजन बेन्चबाट दिनु भएको आदेश मा रु.२०००। भन्दा बढि विगो भएको भन्ने निबेदनपत्रमा जिकिर गरेको देखिनाले अपिल दिन पाउँने अनुमति दिएको छ भन्ने सम्म उल्लेख भएको देखियो । उक्त ऐन अनुसार संविधानको व्याख्या जस्तो कुराको जटिल कानूनी प्रश्न समाबेश भएको भन्ने कुरा उल्लेख भएको देखिन आएन । (प्रकारण नं.११) (२) मोल बिगो पहिलो फिरादमा लेखिएको मोल विगोनै कायम लिनु पर्ने । पछि बढाइ निबेदन जिकिर गरेको मोल विगो तथ्ययुक्त नदेखिने । पहिलेको फिरादपत्रमा बादिले दाबा गरेको झगडा परेको जग्गाको मोल बिगोलाई नै कायम लिनुपर्ने समेत हुँदा रु २०००। भ्न्दा बढी बिगो भएको भन्ने निबेदन जिकिरको कुरा नै तथ्य यूक्ति देखिन आएन । (प्रकरण नं १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.369
मुद्दाको विषयजग्गा जालसाजी
निर्णय वर्ष / मिति2023/08/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहले अपिल दिन पाउँने गरि अनुमति दिएको नै ठिक नभएकोले अपिल खारेज गर्नु पर्ने देखिन्छ भन्ने राय प्रकट गर्नु भएकोले सर्व प्रथम यस प्राथमिक प्रश्नको नै निरोपण हुन आवश्यक देखिएकोले सो रायमा मेरो सहमती नहुँदा निर्णयको निमित्त नियम बमोजिम गरि फुल बेन्चमा पेश गर्नु भन्ने श्री धनेन्द्रबहादुरको र स.अ.डिभिजत बेन्चले अपिल दिने अनुमति दिए पछि पर्न आएको प्रस्तुत अपिललाई जि.अ.पाल्पाको ईन्साफ उपरको अपिल भनि सम्झने हो वा प.उ.अ.को ईन्साफ उपरको अपिल भनि सम्झने के हो र यो अपिलबाट इन्साफ गर्न मिल्छ मिल्दैन भन्ने तर्फ नै सर्वप्रथम बिचार गर्नु पर्ने भई बिचार गर्दा प्रस्तुत मुद्दामा जिल्ला अदालतले आ | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंले यसै अपिलबाट ईन्साफ गर्ने भनि राय गर्नु भाएकोमा मेरो सहमति नभएकोले नियम बमोजिम गरि फुल बेन्चमा पेश गर्नु भन्ने मा.न्या.बब्बरप्रसादको राय भएको ०२३।५।१३।२ को डिभिजन बेन्चको फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्