नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3687 · वि.सं. २०४६

नि.नं. 3687 — ठेक्का रकम दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै एक व्यक्ति वा संस्थाको हक स्वामित्वको नभई संयुक्त हक स्वामित्वको जग्गाको सम्बन्धमा आवश्यक काम कारवाही रेखदेख तथा व्यवस्था गर्न कुनै एक व्यक्ति वा संस्थाले मात्र गर्न सक्ने स्थिति नहुने । (प्रकरण नं. १९) (२) मिनाहा दिनेले दिएमा मात्र पाउनेले पाउन सक्ने । (प्रकरण नं. १९) (३) बाबुबाट छुट्टी भिन्न भएकोमा भिन्न भएका बाबुले गरिदिएको जमानीको दायित्व निजले पूरा गर्न पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3687
मुद्दाको विषयठेक्का रकम दिलाई पाउँ
निर्णय वर्ष / मिति2045/11/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय रहेछ । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय रहेछ । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । शुरुको सदर गरेको म.प.क्षे.अ.को इन्साफ केही उल्टी हुन्छ । तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3687
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्