नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3681 · वि.सं. २०४५
नि.नं. 3681 — आगलागी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरजमीनका चस्मदिद गवाहहरुले अदालत समेतमा आई चस्मदिद भई सरजमीनको व्यहोरालाई पुष्टाई गर्दै बकपत्र गरिदिएकोमा २ जना सरजमीनका व्यक्तिले नदेखेको भनी सफाई दिँदैमा प्रतिवादीले आरोपित कसूर गरेनन् होला भनी मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १५) (२) बैशाख महिनामा पानी कुर्नु पर्दैन, पानी प्रशस्त पुग्छ भनी त्यसलाई क्षेत्रीय अदालतले हाम्रो देशको किसानहरुको अस्वाभाविक प्रकृया हो भनी भन्नु या मान्नु कृषि प्रधान देशको किसानहरुको दैनिक चर्या पटक्कै बुझ्न नसकेको भन्ने कुरा प्रष्ट देखिन्छ र यस्तो किसिमको तर्कलाई युक्तियुक्त तर्क मान्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3681 |
|---|---|
| मुद्दाको विषय | आगलागी |
| निर्णय वर्ष / मिति | 2045/11/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3681 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
