नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3676 · वि.सं. २०४५

नि.नं. 3676 — उत्प्रेषण लगायतको चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पञ्चायत नीति तथा जाँचबुझ समितिको काम कर्तव्य अधिकार र कार्यविधिहरु श्री ५ बाट नियम बनाई तोकी बक्से बमोजिम हुने हुँदा समिति समेतबाट नियमावली बमोजिम भए गरेको काम कारवाही समेत उपर अदालतमा सवाल जवाफ नहुने हो, तर नेपालको संविधान, २०१९ ले प्रदान गरेको नागरिकको मौलिक हकको प्रचलनका लागि संविधानकै धारा १६ अन्तर्गत रही धारा ७१ मा लेखिएको तरीका अनुसार कारवाई चलाउन र संविधानको व्यवस्थाको अधीनमा रही संविधानको धारा १६ अन्तर्गत धारा ७१ बमोजिम पर्न आएको निवेदन उपर मौलिक हकको प्रचलनको लागि धारा ७१ मा उल्लेख भएका जुनसुकै माध्यमबाट जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गर्न सक्ने अधिकार सर्वोच्च अदालतलाई प्राप्त रहेको नै देखिने । (प्रकरण नं. १४) (२) संविधानको धारा ४१(ख) अन्तर्गत गठित समितिको नियमावली, २०३८ को नियम १७ समेतलाई मध्यनजर राखी हेर्दा पनि उक्त प्रावधानले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका सम्बन्धमा संविधानको धारा १६।७१ लाई कुनै प्रतिकूल असर पार्न सक्ने नहुँदा संविधानको धारा ४१(ख) २ को विद्यमानतामा पनि संविधानको धारा ७१ मा व्यवस्थित सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग हुन नसक्ने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १५) (३) राष्ट्रिय पञ्चायत सदस्यले पद अनुसारको आचरण गर्नु परम कर्तव्य हुने कुरालाई नकार्न सकिन्न, आफ्नो पद अनुसारको आचरण नगर्ने वा संविधान विपरीत काम गर्ने पञ्च कार्यकर्ताहरुलाई निष्काशन समेत गर्न सक्ने कुरामा दुई मत हुन नसक्ने । (प्रकरण नं. १७) (४) विशेष अदालतको फैसलाबाट निवेदकको आचरणलाई पद अनकूलको मान्न नमिल्ने अवस्थामा निवेदकलाई रा.पं. सदस्यताबाट निष्काशन गर्ने सम्बन्धी भएको कारवाही र निर्णयहरुको अध्ययन र अवलोकनबाट निवेदकको जिकिर सारगर्भीत र कानूनसंगत नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3676
मुद्दाको विषयउत्प्रेषण लगायतको चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/10/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3676
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्