नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3621 · वि.सं. २०४५
नि.नं. 3621 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अभियुक्तहरुले प्रहरीमा कुटपिट गरी गरेको साविती इच्छा विरुद्धको हो भनी भने तापनि अन्य स्वतन्त्र प्रमाण र विश्वसनीय प्रमाणहरुबाट प्रहरी सावितीलाई पुष्टि भइरहेको देखिँदा प्रहरीमा भएको सावितीलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ६६) (२) प्रहरी साविती र सरजमीनका व्यक्तिहरुले मृतकलाई कुटपिट गरी कर्तव्य गरी ज्यान लिए, यी अभियुक्तहरुले मारेको भन्ने कुराको व्यहोरा अदालतमा आई बकपत्र गरी समर्थन गरेको समेतबाट ती अभियुक्तहरुले षडयन्त्रपूर्वक लाठी, भाला प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी मारेको ठहर्ने । (प्रकरण नं. ६६) (३) चियो गरी खबर गरेको भनी एक मिलानको अधिकारप्राप्त अधिकारी समक्ष लेखाई दिएको र अन्य स्वतन्त्र सबूद प्रमाणबाट पनि वारदातमा चोट छोडेको भन्ने कुरा नदेखिएकोले ज्या.सं.को १७(३) नं.बमोजिम कैद वर्ष २ गर्नु पर्ने । (प्रकरण नं. ६७) (४) ज्यान मार्ने मनसाय लिई लाठी लिई उभिरहेको सम्म सबूद प्रमाणबाट समर्थित हुन आएकोले ज्यानसम्बन्धी महलको १७(२) बमोजिम जनही ५ वर्ष कैद हुने । (प्रकरण नं. ६८) (५) वारदात स्थलमा उपस्थित नभए पनि मृतकलाई मार्नमा षडयन्त्र गर्न बसेको मिटिंगमा उपस्थित थियो भन्ने प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद गर्नु पर्नेमा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षडयन्त्र गर्ने भनी क्षे.अ.ले ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम अपराध ठहराएको मिलेको नदेखिँदा ज्या.सं.महलको १७(३) बमोजिम अपराध गरेको ठहर्ने । (प्रकरण नं. ६९) (६) प्रत्यक्ष सबूद प्रमाणको अभावमा शंकाकै भरमा मात्र ज्यान जस्तो गहन अपराधमा कर्तव्यवाला ठहराई सजायँ गर्न नमिल्ने । (प्रकरण नं. ७१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3621 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/04/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3621 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
