नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3615 · वि.सं. २०४५
नि.नं. 3615 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कारागार ऐन, ०१९ को दफा २४(५) मा उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम डेढी बढाई सजायँ कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुनसक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । ज्यू मास्ने बेच्ने मुद्दामा लागेको कैद वर्ष १० मा थुनुवा भागे भगाएको मुद्दामा सवाई बढाई सजायँ गर्ने गरेको फैसला बमोजिम लागेको कैद भुक्तान हुन बाँकी नै देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १३ र १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3615 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2045/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3615 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
