नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3613 · वि.सं. २०४५
नि.नं. 3613 — खुन डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुने । (प्रकरण नं. २५) (२) आफ्नो एलिबिको जिकिर प्रमाणित गर्न नसकेकोमा उक्त कुरा निजको विरुद्धमा प्रमाण लाग्ने । (प्रकरण नं. २६) (३) मृतकले आफ्नो मृत्युको कारण र वारदातको यथास्थिति सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयानबाट प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई शंकारहित तवरले पुष्टि गरिदिएकोबाट वादी दावी पुष्टि भएको अवस्था र स्थितिमा एलिवी (Alibi) को जिकिर कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. २६) (४) खून डाँका जस्तो जघन्य प्रकृतिको कसूर संकलित प्रमाणबाट शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा केवल इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी न्यायको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. २६) (५) सरजमीनका अधिकांश व्यक्तिहरुले मृतकको सावितीलाई अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई दिएको अवस्था र स्थितिमा मृतकको बयान कागजलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. २८) (६) प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही अदालत समक्ष बयान गरेको, सो इन्कारीको पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी न्यायसंगत मान्न नमिल्ने । (प्रकरण नं. २८) (७) फौज्दारी कसूरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले पुष्टि हुन सक्छ जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य प्रमाणको अभाव रहेको हुन्छ अतः आरोपित कसूर पुष्टि गर्ने प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कुनै अस्तित्व रहन नसक्ने । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3613 |
|---|---|
| मुद्दाको विषय | खुन डाँका |
| निर्णय वर्ष / मिति | 2045/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3613 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
