नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3601 · वि.सं. २०४५
नि.नं. 3601 — चोक खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मिलापत्र विवादको चोक विषयमा भएको नदेखिँदा सो मिलापत्र विवादीत चोकको स्वामित्वको सम्बन्धमा प्रमाण लिन नमिल्ने । (प्रकरण नं. १७) (२) घरसारको लिखतको किल्लालाई मान्ने हो भने पारित भएको लिखतको किल्ला निष्प्रयोजन हुन जाने भएकोले घरसारको लिखतमा लेखिएको किल्लालाई मान्न नमिल्ने । (प्रकरण नं. १७) (३) अ.बं.८३ नं. ले बाबुसँग संयुक्त हक राख्ने छोराको फिराद लाग्न नसक्ने देखिँदैन । अ.बं.८२ नं. ले आफ्नो हक लाग्ने कुरामा फिराद गर्न प्रतिबन्ध लगाएको पनि नपाइँदा एका घरसंग बसेका छोराको उजूर दावी लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3601 |
|---|---|
| मुद्दाको विषय | चोक खिचोला |
| निर्णय वर्ष / मिति | 2045/08/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3601 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
