नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3596 · वि.सं. २०४५

नि.नं. 3596 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विधवा स्वास्नी मानिसले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमासम्म त्यस्तो स्वास्नीको हक नरहने । (प्रकरण नं. १२) (२) आफ्नो लोग्नेको सत्य डगाई कुनै स्वास्नीमान्छे पोइल जान्छ भने सो लोग्नेबाट पाएको अंश र सोबाट बढे बढाएको सम्पत्तिमा निजको हक समाप्त भई हकवालाले पाउने । (प्रकरण नं. १२) (३) लोग्ने तर्फबाट पाएको अचल स्वास्नीको पेवाको सम्पत्ति हुने, निज स्वास्नी मानिस नमरेसम्म निजले आफू खुस गर्न पाउने निजी सम्पत्ति ठहरिने हुँदा पोइल गएको नाताबाट विपक्षीलाई हकदार मानी निजको नाउँमा नामसारी गर्ने ठहर्‍याएको मालपोत कार्यालयको निर्णय कानून अनुरुपको नदेखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3596
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2045/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3596
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्