नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3594 · वि.सं. २०४५
नि.नं. 3594 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विज्ञापन प्रबन्ध तथा व्यापार प्रबन्धका खर्चहरु भनी देखाइएको वा शंकास्पद आसामी भनी देखाइएका खर्चहरुको रकम सम्बन्धमा यथार्थ प्रमाण बील भर्पाई समेतको अभाव भएको, यथार्थ खर्चलाई समर्थन गर्ने प्रमाणको अभावमा क्षेत्रीय अदालतबाट राजश्व न्यायाधिकरणको निर्णय सदर गर्ने कुरालाई कानूनी त्रुटि गरिएको मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) एउटै व्यक्तिले सञ्चालन गरी प्राप्त वा आर्जन गरेको आयको एउटै आय विवरण भरी पेश गर्नु पर्नेमा अलग अलग आय विवरण भरी आयकर ऐन, २०३१ (सं.स.) को दफा २४(२) उल्लंघन भएको अवस्थामा सो दफा प्रयोग गरेको भन्ने कर कार्यालयको निर्णय गैरकानूनी मान्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3594 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3594 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
