नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3592 · वि.सं. २०४५
नि.नं. 3592 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तेश्रोपटक पारी डाँका गरेको ठहरिँदा मुलुकी ऐन चोरीको महलको १४(४) नं. अनुसार जनही १२ वर्ष कैद हुने तथा जरिवाना बापत ४ वर्ष थप कैद हुने, थुनुवा भागे भगाए बापत कारागार ऐन, २०१९ को दफा २४(३) बमोजिम बाँकी कैदको डेढीको हिसाबले ४ वर्ष १० महीना १६ दिन कैद हुनेमा ऐ.ऐनको दफा २४(६) बमोजिम उपल्लो हद कैद वर्ष २० हुने अर्थात् सो भन्दा बढी कैद लगत ठेक्नु कानूनसंगत नहुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3592 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2045/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3592 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
