नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3478 · वि.सं. २०४५

नि.नं. 3478 — खिचोला दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा राजीनामा पास गरेर दिइसकेपछि सो लिखतहरुलाई कानुन बमोजिम उजूर गरी बदर गराउनु बेगर दावीका जग्गाहरु वादीहरुको होइन भन्न मिल्ने देखिन नआउने, विवादीत जग्गामा वादीतर्फबाट जग्गामा लाग्ने तिरो तिरी आएको देखिएकोबाट उक्त विवादीत जग्गामा पुनरावेदक प्रतिवादीहरुको हक रहेको भन्न सकिने अवस्था छैन । (प्रकरण नं. १७) (२) मञ्जूरनामाको म्यादभित्र दाताले पनि भत्काई नलगेको मञ्जूरनामाले पाएको अख्तियार पाउनेले पनि नभत्काएकोले सो घरमा बकसपत्र पाउनेको हक पुगेको भन्न नमिलेकोले मन्जुरनामको शर्त बमोजिम यो फैसला भएको मितिले एक वर्ष भित्र मञ्जूरनामा गर्नेका हकवालाले भत्काई लैजानु सो म्यादभित्र भत्काई नलगेमा जग्गा पाउने प्रस्तुत मुद्दाका वादीकै हक कायम हुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3478
मुद्दाको विषयखिचोला दर्ता बदर
निर्णय वर्ष / मिति2045/02/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंहको | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई मिति २०४१।८।२८।५ को फैसला रहेछ । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले विवादीत जग्गा स्वयं ऐनले नै रोक्का रहेको जग्गा हो भन्न मिल्दैन । किनकि ऐनले नै रोक्का हुने भएमा त्यस्तो रोक्का रहेको अवस्थामा भएको हक हस्तान्तरणको लिखत स्वतः बदर हुन्छ भनेर ऐनले नै परिणाम समेत स्पष्ट उल्लेख गरिदिएको हुन्छ । विवादको जग्गा ०१९।०२० सालदेखि नै कर बाँकीमा रोक्का थियो भन्ने प्रमाण छैन । रोक्का राख्ने सम्बन्धमा कर कार्यालयले कुनै आदेश गरेको थियो भन्ने कुरा कर कार्यालयको पत्रमा उल्लेख छैन । अतः प्रस्तुत विवादमा ज.मी.को ९ नं.आकर्षित हुनसक्दैन । विवादको जग्गा रजिष्ट्रेशन समेत पास गरी हक हस्तान्तरण भई वादीको हकमा आएको छ र उक्त राजीनामाको लिखतलाई उजूर गरी प्रतिवादीहरुले बदर गराउँन सक्नुभएको छैन । अतः वादीको हक हुनआएको वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले ३ नं. नापी गोश्वारामा आफ्नो नाममा अस्थायी दर्ता गरेको बदर हुने र वादीको नाममा दर्ता हुने समेत ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्‍याएको यस अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंहको राय मनासिब ठहरिनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको र यी दुबै कित्ता जग्गाहरुमा वादी दावी नपुग्ने ठहर्‍याएको डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय गल्ती ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3478
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्