नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3476 · वि.सं. २०४५

नि.नं. 3476 — उत्प्रेषण्को आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालती कारवाहीले उसले गरेको अपराध सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने र विभागीय कारवाहीले कर्मचारीको पदीय आचरणको सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने हुनाले अदालती कारवाही र विभागीय कारवाही दुई छुट्टाछुट्टै प्रकृयाबाट गरिने कारवाही हुन । (प्रकरण नं. १३) (२) प्रहरी ऐनको दफा १० (क) ले विभागीय कारवाही वा सजायँ भएको कर्मचारीउपर अदालती कारवाही चलाउन सक्ने भन्ने स्पष्ट व्यवस्था भएबाट एउटै अपराधमा दुईपटक सजायँभागी बनायो भन्ने रिट निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १३) (३) प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.४ (क) (ङ) र (छ) तथा ९.५ (क) अनुसार क्रमशः कुनै प्रहरी कर्मचारीले सन्तोषजनक काम नगरेमा, दिएको आदेश निर्देशन नमानेमा अथवा कार्यान्वयन नगरेमा, लापरवाही गरेमा वा नियम आदेशको पालना नगरेमा र अयोग्यताको कारणले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेमा तल्लो पदमा घटुवा गर्नसक्ने अधिकार प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.१ (घ) ले प्रदान गरेकोले, तल्लो पदमा घटुवा गर्ने गरेको निर्णयलाई कानुनको त्रुटी गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3476
मुद्दाको विषयउत्प्रेषण्को आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/05/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भई मिति २०४४।३।१२।६ को राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहरिनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई  दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3476
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्