नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3469 · वि.सं. २०४५
नि.नं. 3469 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पदावधि समाप्त भइसकेपछि अर्थात पदमा नै बहाल नरहेका सञ्चालकहरुबाट बसेको सञ्चालक समितिको बैठक स्वतः गैरकानुनी भएको र त्यस्तो बैठकको निर्णय कम्पनी ऐन, २०२१ को दफा १४४ बमोजिम बदर हुने । (प्रकरण नं. ६) (२) बैठक गर्दा रीतपूर्वक सूचना दिनुपर्नेमा सो अनुसारको रीतपूर्वकको सूचना नदिएको र गैरकानुनी सञ्चालक समितिको निर्णय अनुसार बसेको बैठक हुँदा र त्यस्तो सञ्चालक समितिको बैठकको निर्णय पनि स्वतः गैरकानुनी हुँदा सो कायम राखी रहन नमिल्ने भएकोले सो साधारणसभाको बैठकको निर्णय कायम राखी पाउँ भन्ने दावी नपुग्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3469 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/03/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3469 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
