नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3467 · वि.सं. २०४५

नि.नं. 3467 — परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खूद आय निर्धारण गर्दा सो आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई कर अधिकृतले करदातालाई सो निर्धारण गर्न लागिएको सम्बन्धमा आफ्नो कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सातदिनको म्याद दिनुपर्ने । (प्रकरण नं. ११) (२) खूद आय कायम गर्दा दफा ३४(४) बमोजिम आय निर्धारण गर्नु परेको कुराको आधार प्रष्ट खुलाई सूचना दिएको देखिँदैन, कानुनले निर्दिष्ट गरेबमोजिम आधार उल्लेख नगरी खूद आय निर्धारण गरेको सूचना दिंदैमा त्यस्तो सूचनालाई रीतपूर्वक ऐन अनुकूलको सूचना मान्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3467
मुद्दाको विषयपरमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3467
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्