नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3462 · वि.सं. २०४५

नि.नं. 3462 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पर्याप्त नहुने । (प्रकरण नं. १२) (२) मुलुकी ऐन अंशबण्डा महलको १८ नं.बमोजिम मानो नछुट्टिई संग बसेका अंशियारमध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सवैको भाग लाग्ने त्यस्तो सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म एकाघर अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहे तापनि सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्ने । (प्रकरण नं. १२) (३) अंशबण्डाको १९ (२) नं. ले आफ्ना पालामा आर्जेको चलअचल सवै एक स्वास्नी वा एकै स्वास्नीपट्टिका छोरा मात्र भएको मानिसले आफ्नो खुसी गर्न पाउने भनी पुरुषलाई मात्र बुझाएको देखिने । (प्रकरण नं. १२) (४) निजी आर्जनको सम्पत्ति हुन लिखतको अतिरिक्त त्यस्तै रुपले व्यवहार प्रमाणबाट पनि स्पष्ट देखिन पर्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3462
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2045/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3462
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्