नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3461 · वि.सं. २०४५
नि.नं. 3461 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले घर जग्गा किनी घर जग्गाको वरिपरि पर्खाल बनाई २०१८ सालदेखि भोगचलन गरेको कुरालाई अहिले आएर वादीको जग्गा बढी भएको वा क्षे.अ.ले दावी भन्दा बढी हुने गरी फैसला गरेको इन्साफ मिलेन भन्ने कुरा तर्कसंगत नदेखिने । (प्रकरण नं. १६) (२) लिखतमा कुनै विवाद नगरी लिखतमा लेखिएको तथ्यहरुलाई स्वीकार गरी सकेपछि वादीले लिखतकै आधारमा आफ्नो जग्गा भित्र पारी पर्खाल लगाएको र ९।१० वर्ष पछि आएर पर्खालमा प्रतिवादीले खिचोला गरेको देखिँदा क्षेत्रीय अदालतले प्रतिवादीले वादीको जग्गामा खिचोला गरेको ठहर्याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3461 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2045/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3461 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
