नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3455 · वि.सं. २०४५

नि.नं. 3455 — कूत दिलाई मोही निष्कासन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाली नलगाइने समयमा गोरु गाडाहरु आवत जावत गर्न सहज होस भन्नाको लागि आली काटिएको र बाटो भन्दा पनि उच्च जग्गालाई खेती योग्य बनाउन माटो काटिएकोलाई जग्गाको स्वरुप परिवर्तन गरी हैसियत घटाएको भनी मोही हकबाट नै निष्कासन हुने ठहर गर्नु न्यायोचित भन्न नसकिने । (प्रकरण नं. ११) (२) भू.सं.ऐन, २०२१ को दफा २९(२) मा जानी बुझी जग्गाको मोल वा उव्जा घट्ने गरी कुनै काम गरे वा मनासिब रेखदेख नपुर्‍याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा वा १ वर्ष सम्म खेती नगरेमा वा खेतीमा हेलचेक्र्याई गरेको अवस्थामा मात्र मोही निष्कासन हुनसक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3455
मुद्दाको विषयकूत दिलाई मोही निष्कासन
निर्णय वर्ष / मिति2045/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3455
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्