नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3453 · वि.सं. २०४५
नि.नं. 3453 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) श्री ५ को सरकार मन्त्री परिषद्को निर्णय अनुसार मुख्य वार्षिक उव्जनीको औषत निर्धारण गरी ठेक कूत अंक कायम गर्न स्थानीय समितिको गठन गर्ने, सो समितिमा स्थानीय वडा अध्यक्षको अध्यक्षतामा २ जना किसान प्रतिनिधी सम्बन्धित जिल्लाको भू.सु.अ.बाट मनोनित गर्ने भनी स्पष्ट उल्लेख भएको पाइने । यसरी कानुन बमोजिम अधिकारप्राप्त अधिकारीले गरेको काम कारवाहीमा कुनै पनि कानुनी त्रुटी देखिन आएको नपाइँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3453 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3453 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
