नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3440 · वि.सं. २०४५

नि.नं. 3440 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) श्री ५ को सरकारतर्फबाट अ.बं. ११५ नं. समेत प्रयोग गरी सरजमीनका मानिस बुझिनु पर्ने भन्ने हकमा सरजमीनका मानिस मध्ये कोही पनि वारदात देख्ने र मुद्दाको निर्णयमा खास असर पार्न सक्ने किसिमको बकाई भएको कोही नदेखिएकोले सो जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. २२) (२) बकपत्र गर्ने जाहेरवालाले नै अरु प्रतिवादीहरू उपर शंका लाग्दैन भनी बकेका र मौका सरजमीनका मानिसले पनि शंका लाग्दैन भनी देखाएको, अदालतमा आई अन्तै रहे भएको देखाई इन्कार हुने प्रतिवादीहरूले निजहरूको साक्षीले सो इन्कारी पुष्टी हुने गरी बकेको छँदै पोल बमोजिम अरु प्रतिवादीहरूले नै मारेको ठहर्‍याउन कानूनी सर्वमान्य सिद्धान्तको बिपरीत पर्ने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3440
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3440
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्