नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 344 · वि.सं. २०२३

नि.नं. 344 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शर्तनामा अन्य लिखितद्वारा निस्कृय भएसम्म र अन्य उपायबाट बदर नगराएसम्म शर्तनामाको मान्यता रहिरहने । दुबै थरले शर्तनामा कागज गरेको मुद्दामा जबसम्म कुनै लिखत निस्कृय हुँदैन तवसम्म क्रियाशील रहन्छ । त्यो लिखतलाई दरपिठ समेतको कुनै लिखत गरी बदर गराउन सक्तैन भने त्यो लिखतको मान्यता रही नै रहन्छ । (प्रकरण नं. २६) (२) साझेदारको रोहवरमा काम नभएको र नोक्सानीतर्फ बखतमै जाँचको काम कारवाही नचलाएको भएमा त्यस्तो नोक्सानी कट्टा हुन नसक्ने । कपडाको नोक्सानी ३६१२ मिन्हा हुनु पर्ने भन्ने जिकिरलाई साझेदारलाई रोहवरमा नराखी काम गरेको र नोक्सानी बखतमा जँचाएको कारवाइ चलाएको निस्सा देखाउन नसकेकोले सो कट्टा हुन सक्तैन । (प्रकरण नं. २८) (३) काम गर्दा भएको शर्तनामाबमोजिम नै भएको मानिए अन्यथाबमोजिम भए गरेको भए सो को समर्थित लिखत कागज हुनु पर्ने । त्यसरी चण्डिप्रसादको माध्यमबाट कपडा लिईसकेको भएपछि पहिले नै निज चण्डिप्रसाद हस्ते पठाएको रूपैयाको हरहिसाब नमिलाई त्यसै राख्ने अवस्था पर्दैन । शर्तनामामा चारहजार कपडा झिकाउने राख्ने र दाम बुझाएपछि मात्र कपडा लैजाने बोली रहेकोले कपडा उठाउन निमित्त दाम बुझाउनु पर्ने र बुझाएको दामको कपडा दिएको हुनुपर्ने देखिन्छ । सो बाहेक दाम वा माल घटिबढी पारी व्यवहार चलाउँछन् भन्ने दुवै पक्षको विश्वास र ईमानको काम हो । चण्डिप्रसाद जिम्मा गरी पठाएको रूपैयाको माल नलिई निज जिम्मेदारले दाम मात्र छोड्न नसक्ने हुन जान्छ कि दाम छोडेको त्यस्तै लिखत गराउनु पर्छ । डिपोजित बाँकी राख्नु पर्ने कुरा माथिको दफामा लेखिएकै छ । बुझाउँला भन्ने बोली परेको लिखत बेगर सो रु.१२००० को हिसाब बाँकी रहेको दिलाई पाउँ भन्ने वादी दावी लाग्न सक्तैन । (प्रकरण नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.344
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2023/05/21
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 344
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्