नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3437 · वि.सं. २०४५
नि.नं. 3437 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै उद्योग दर्ता हुँदाका बखत प्रचलित ऐनद्वारा कुनै सुविधा सहुलियत र संरक्षण प्राप्त गरी राखेको रहेछ र त्यसबेला कुनै कानून वा सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट वन्चित गराइएको हुँदैन भने त्यस्तो सुविधा उक्त उद्योगले पाउने र त्यस्तो सुविधा उद्योग दर्ता हँुदाका बखत नै उद्योगमा निहीत हुन जाने । (प्रकरण नं. ११) (२) सूचना राजपत्रमा प्रकाशित हुनुभन्दा अघि नै दर्ता भएको उद्योगले सो सूचना प्रकाशित हुनुभन्दा अघि ऐनद्वारा प्रदान गरिएको सुविधा उपभोग गर्न पाउने । (प्रकरण नं. ११) (३) अन्तःशुल्क छूट नदिने बारेको सूचना आउनु पूर्व दर्ता भई स्थापना भएको उद्योगले औं.व्य.ऐन, २०३८ को दफा १० खण्ड (ग) को उपखण्ड (१) बमोजिम उद्योग सञ्चालन भएको मितिले ५ वर्षसम्म अन्तःशुल्क छूट सुविधा पाउन सक्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3437 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/02/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3437 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
