नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3432 · वि.सं. २०४५
नि.नं. 3432 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नगरपञ्चायत भित्र उत्पादित जुट सुतली बिक्री नभई विदेशमा निकासी हुने उद्योगलाई व्यापार कर लिन नमिल्ने । (प्रकरण नं. ९) (२) सेवा बापत कर लगाउनलाई न.पं. ऐन, ०१९ को नियम ३९(८) मा भएको व्यवस्था अनुसारको सुविधा उपलब्ध गराई उपभोग गरेको खण्डमा मात्र उपभोग गर्नेसँग लिन सकिने कानूनी व्यवस्था भएको । (प्रकरण नं. १०) (३) नगरपञ्चायतले विदेश निकाश हुने सामानमा नगरपञ्चायत कार्यव्यवस्था नियमावली, २०२० को नियम ७(१) तथा सेवा दस्तूर नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(८) को बिपरीत सेवा दस्तुर र कर धरौटीको रुपमा उठाएको गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3432 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2045/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3432 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
