नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3403 · वि.सं. २०४५
नि.नं. 3403 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रैतान नम्बरीमा दर्ता भएको जग्गाको दर्ता बदर गुठी संस्थानले गर्न सक्ने नदेखिने । (प्रकरण नं. ११) (२) गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानून बमोजिम सरकारी रैकर जग्गाको जग्गावाला सरह नै हुनेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ६२(२) मा भएको व्यवस्थाबाट उक्त जग्गाहरूले अधिग्रहण परेकोमा मुआवजा निवेदकहरुले नै पाउन पर्नेमा ३ भागको २ भाग गुठी संस्थानमा आउनु पर्ने भन्दै १ भाग हाल जोताहा मोहीले पाउने गरी गुठी संस्थानबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3403 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/02/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3403 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
