नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3402 · वि.सं. २०४५
नि.नं. 3402 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मृतकलाई आफ्ना कोठामा लगी जबरजस्ती करणी गरी सोही जबरजस्ती करणीको आघातले गर्दा निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम कसूरदार ठहर्याएको इन्साफ मिलेको देखिने । प्रतिवादीहरूको उमेर हेर्दा १६ वर्षका देखिएका मृतकलाई रिसइवी वा अन्य कुनै कारणले ज्यानै मार्नेसम्मको मनसायले ज्यान मारेको भन्ने मिसिलबाट नदेखिई मृतकले मुखबाट फिज काडेपछि तत्कालै उपचार गराउन चिकित्सक बोलाउन र अस्पताल लाने कार्य गरेको समेत मिसिलबाट देखिन आएबाट जबरजस्ती करणी गर्दा ज्यान मर्न गएको ज्यान मार्ने मनसाय नभएको देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम जनही ५।५ वर्षका दरले कैद गर्ने गरेको राय मनासिव ठहर्याएको राय मिलेकै देखिने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3402 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3402 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
