नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 340 · वि.सं. २०२३

नि.नं. 340 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकको भनाइ अन्य तरिकाबाट समर्थित नभएमा एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने सनद रहेमा कानूनबमोजिम भन्सार बुझाएको निस्सा प्रमाण देखाउन नसकेमा माल छोडाएर ल्यायो भन्ने आधारबाट नै महसुल तिरी छुट्टाएर ल्याएको भन्न नमिल्ने । महसूल बुझाएको रसिदका हकमा वि.फारामको नक्कल साथ भन्सार डयूटि फाँटमा दाखेल गरेको माल पास गराई छुटाई ल्याईसकेपछि सो रसिदको दरकार नपर्ने हुँदा सो वि.फारामको नक्कल साथै छाडी राख्ने चलन गरेको, हाल खोज्न जाँदा सो वि.फारामको नक्कल समेत सडाई सकेकोले रसिद मसँग छैन भनी निवेदकले बयान गरेकोमा अर्थ मन्त्रालय भन्सार तथा अन्तशुल्क विभागलाई बुझ्दा १९६० नोभेम्बरमा भारतसित भएको सम्झौता अघि समुन्द्रपारबाट पैठारी हुने मालको महसुल कलकत्ता कष्टममा नै लिई वि.फाराम बनाई पठाउने हुँदा महसुल बुझाएको रसिद दाखिल गर्ने प्रश्नै उठदैन भन्ने समेत जवाफ दिएकोले वि.फारामको नक्कल साथ छाडी राखेको भई सडाई सकेकोसमेत हुँदा मिसिल नभएको भन्ने निबदेकको भनाइ समर्थित हुन नआएको । उसमा पनि एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने किटानी सबाल भएको भन्ने निवेदकको श्री ५ महाराजधिराज सरकारका हजुरमा चढाएको निवेदनमा उल्लेख गरेको । त्यसबाट दोश्रो पटकको माल दिनु अघि पहिलेको महसुल बाँकी रहन सक्ने सम्भावना देखिन आउने र महशुल बुझाउन आफू स्वयं गएको नभई आफ्नो मानिस पठाएको निजले उपरोक्त किसिमबाट पनि माल छुटाई ल्याउन सक्ने हुँदा कानूनको रीतबमोजिम रूपैया बुझाई छुटाई ल्याएको हो होइन ? महसुल बुझाउनको निमित्त आफूले दिएको रकमको हिसाब मिल्यो मिलेन ? भन्ने जानकारीको अलावा कुनै किसिमको पछि पक्राउ भएछ भन्ने देखाउनाका निमित्त पनि रसिदहरू निवेदकले लिई सुरक्षित तवरले राख्नु र एकैपटकको मात्र नभई कैयौं पटक बुझाईएको महसुलको रसिद मध्ये कुनै निवेदकबाट पेश हुन आउन सक्नुपर्ने रसिद बिलकुलै पेश हुन नसकेकोले समेत माल छोडाएर ल्यायो भन्ने आधारमा मात्र अनिरुद्रले महसुल अड्डामा लगी कानूनबमोजिम बुझाएको रसिद प्राप्त गरेको समेत थियो भन्न मिलेन । (प्रकरण नं. ३४) (२) प्रष्ट सबुदको अभावमा अड्डामा दाखिलै नभएको रूपैया हाकिम लगायत अन्य कर्मचारीले भ्रष्टाचार गरी खाए भन्न नमिल्ने । इन्कारी गर्न नआउने कर्मचारी र माल धनीका माल छोडाउन आउनेसम्म दुवैको सहयोगबाट भ्रष्टाचार गरेकोसम्म देखिने छ । प्रष्ट सबुदको अभावमा अड्डामा दाखेल भएको देखिन नआएको रूपैया हाकिम लगायतका अन्य कर्मचारीले भ्रष्टाचार गरी लिए खाएका हुन भन्न मिलेन । हाकिम तहरिरले दृष्टि पुर्‍याउन सकेको भए मौकैमा पक्राउ भई असुल उपर हुन सक्ने थियो । सो हुन नसकेबाट यस किसिमको भ«ष्टाचार सम्भव हुन गएको देखिन आउँछ । लगत फाँटको ना.मु.गणेशबहादुर र अनिरुद्रको हकमा उपरोक्त उल्लेख गरिएबमोजिम लगत नकसी महसुल असुल नगरी माल छुटाइ लगे पठाएको देखिएकोमा गणेशबहादुर इन्कार गर्न आउनै नसकेको । सो काम गर्नमा निजहरू दुबैको सहयोग बेगर काम हुनसम्म सम्भव नभएको समेतबाट निजहरूले भ«ष्टाचार गरी गराई महसुल नबुझाइ माल छुटाइ लगे पठाएको प्रष्ट देखिएको छ । (प्रकरण नं. ३५) (३) अनुचित तवरले माल छुट्टाइ लगेकोमा पनि भन्सार महसुल बुझाउने कर्तव्य माल धनीकै हुने । कुनै किसिम अनुचित तरिका अपनाइ माल छुटाइ लगे छ भने पछि माल छुटाइ लगेकाको भए महसुल बुझाउने कर्तव्य भएको व्यक्तिको सम्पूर्ण दायित्व समाप्त हुन्छ भन्ने ऐन कानून नदेखिएकोले माल छुटाइ ल्याई सकेकोबाटै मैले महसुल बुझाएको कायम हुनु पर्ने भन्ने निवेदकको जिकीर पुग्न नसक्ने । माथि उल्लेख भएबमोजिम रसिद प्रमाण समेत नभएको र अड्डामा रहने स्याहा श्रेस्तामा समेत लगत कसेको र बुझाउनेको सहि समेत भएको नदेखिनाले समेत अड्डामा रीतपूर्वक दाखिल हुन नआएको रूपैया अनिरुद्रको हात दिई पठाएको थिए भन्ने भनाइकै आधारमा अन्य व्यक्तिबाट उपर गर्ने भन्न नमिली बुझाउने दायित्व भएको निवेदक शंकरलालबाटै उपर गर्नुपर्ने । (प्रकरण नं. ३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.340
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2023/06/14
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 340
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्