नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 339 · वि.सं. २०२३

नि.नं. 339 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ७–ट्राईब्युनल गठनबारे ऐनको दफा ५ (४) र दफा ९ बमोजिमको मुद्दा मात्र कारवाही गरी अन्तिम किनारा लगाउने भन्ने ट्राईब्युनलले नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधी अपनाउनु पर्ने, नेपाल विशेष अदालत ऐन, २०१३ को ८ (२) मा ट्राईव्युनलको आदेशका फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने भन्ने हुँदा नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न नमिल्ने हुँदा उखडा ट्राईव्युनलको आदेश फैसलामा अपील लाग्ने । उखडासम्बन्धी ऐन, २०२१ को दफा ७ मा ट्राईव्युनलको गठन बारे व्यवस्था भएको । उक्त व्यवस्थाअनुसार दफा ५ को उपदफा (४) र दफा ९ बमोजिम मुद्दा मामिला मात्र ट्राईब्युनलले कारवाही गरी अन्तिम किनारा लगाउन पाउने उल्लेख भएको पाइन्छ । त्यस्तो गठित ट्राईव्युनलले कार्यविधि अपनाउँदा नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधि अपनाउने सबै अधिकार उक्त ऐनको दफा ८ को उपदफा (१) ले किटान गरेको देखियो । उक्त दफा ८ को उपदफा (२) मा ट्राईब्युनलले गरेको केही आदेश वा फैसला उपर स.अ.मा अपील लाग्ने व्यवस्था भएको देखियो । तर ऐ ऐनको दफा ९ बमोजिम गरी आएको मुद्दामा अपील नलाग्ने भनी किटानी व्यवस्था कतै भएको देखिन्न । यस्तो स्थितिमा नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्न ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न मिलेन । उखडा ऐन, २०२१ को दफा ७ मा उल्लेख भएको अन्तिम किनारा भन्ने वाक्यांशले अपील नलाग्ने होकि भन्ने केही शंका गुज्रन आउँछ । तर अपील नपरेसम्म जुनसुकै तहको अदालतले गरेको फैसला वा आदेश अन्तिम हुने नै भएको भन्ने न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० बाट देखिएकोले उक्त वाक्यांशबाट ऐनमा प्रष्ट व्यवस्था नभएसम्म अपील नलाग्ने भनी भन्न मिलेन। (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.339
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2022/09/12
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 339
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्