नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 338 · वि.सं. २०२३

नि.नं. 338 — डाका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकै मुद्दामा बिभिन्न पक्ष भएमा आफ्नो–आफ्नो सफाईको पृथक–पृथक सबुद पेश भएका भए, गरेका भए सबुदको तुलनामा कसैलाई सफाई र कसैलाई गढाउ हुन सक्ने भएपछि परेको अपील उपर निर्णय गर्दा सफाई हुन सक्ने नै । सो को आधारबाटै रुलिङमा बाझिएको भन्न नमिल्ने । अभियुक्तलाई गढाउ हुने गरी दुबैलाई समान स्तरको पोल भए पनि अभियुक्तहरूले आफ्नो सफाइको सबूद पृथक–पृथक पेश गरेका छन, अभियुक्तहरूको हकमा निर्णय हुँदा निज विरुद्धको र निजतर्फको सबूदको तुलना भई कोहीलाई सफाई र कोहीलाई गढाउ हुन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा पहिले सुलतानको अपील सुनी निजलाई गढाउ गर्ने ठहर भएको कैलासको इन्साफ भएको नदेखिएको । माथि लेखिएबमोजिम बिभिन्न सबुद प्रमाणका आधारमा बिभिन्न अभियुक्तहरूलाई बिभिन्न ठहर हुन सक्ने हुँदा पछि पेश भएको कैलासको अपील उपर निर्णय गर्दा सफाई हुनसक्ने नै भएकोले यस मुद्दामा रुलिङ्ग बाझिएको नदेखिएको । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.338
मुद्दाको विषयडाका
निर्णय वर्ष / मिति2023/07/23
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 338
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्