नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 337 · वि.सं. २०२३

नि.नं. 337 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाको दर्ता भोग गरेको भन्ने कुरा प्रतिवादी जिकिरबमोजिम नै समर्थित भएमा र वादीले बण्डा पाउने सबुद केही गुजार्न नसकेमा अंशको दावी पुग्न नसक्ने । नौचा १ आदावारी १ सोहल १ समेत मौजा ३ को ७० सालको मेठबन्दीमा पनि निज ठकनुको नाउँ देखिएको र अरुका नाउँबाट सरेर आएको पनि श्रेस्ताबाट नदेखिएको र जि.प.ले दाखेल गरेको ९८ सालको बिलेबन्दीमा पनि निज ठकनुकै नाउँ भएको भन्ने समेत मो.बि.मालले १४।८।१७ मा जवाफ दिएको देखिएको समेतबाट पहिले दुगु त्यसपछि कुढानु र त्यसपछि ठकनुका नाउँमा दर्ता सरेको भन्ने वादीको भनाइ समर्थित नभई ६५।६६ सालमा आई जग्गा आवाद गरी ७० सालमा ठकनुका नाउँमा जग्गा दर्ता भई भोग गरेको भन्ने प्रतिवादीहरूको जिकीर समर्थित हुन आएको छ । (प्रकरण नं. १२) (२) ठकनुले दर्ता गरेको जग्गाको निज वादीले बण्डा पाउन सक्ने सबुद कुनै पनि गुजार्न नसकेको र ७० साल अघि दुगुका नाउँमा दर्ता रहेको प्रमाण केही भए सो समेत लिई छलफलमा उपस्थित हुनु भनी निज वादीलाई ०२३।३।२४।६ का आदेशानुसार सुनाई दिएको र ०२३।६।२८।६ का आदेसानुसार समय दिएकोमा समेत त्यस्तो केही सबुद वादीले ल्याउन नसकेकोले अंश पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.337
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2023/06/25
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 337
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्