नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 336 · वि.सं. २०२३
नि.नं. 336 — लिखत पास
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित अदालती बन्दोबस्तको ६३ नं.–दरपिट गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने मिसिलबाट गुज्रेको म्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद नाघी दर्ता भएको भनी खारेज हुन नसकी इन्साफ गर्नुपर्ने । तत्काल प्रचलित अ.बं.६३ नं.का ऐनबमोजिम दरपीठ गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने नगरी अदालतले त्रुटी गरेको र उपरोक्त मिसिलबाट गुजे्रको हदम्याद थामिन सक्ने अवस्था देखिएकाले हदम्याद नाघी दर्ता भएको भनी फिराद खारेज हुन नसकी ईन्साफ गर्नुपर्छ । (प्रकरण नं. १०) (२) खारेजी ऐनको रीत नपुगेको भनी भएमा जिकीर सबुदबाट हुनजाने निस्कर्षमा पुगेको नदेखिए सबुद बुझ्ने काम हुनुपर्ने । गैरकानूनी गरे वापतको प्रतिकृया नदेखिएमा अपील तहमा जिकीर गर्न सकिने कुरा लोप हुन जाने अ.बं.६१ नं.मा भएको व्यवस्थाबाट तल्लो अदालतलमा इन्साफ गर्न मिसिल फर्कि जाने देखिने । (प्रकरण नं. १०) दर्ता गर्दा ऐनको रीत नपुगेको भनी खारेज भएकोले कारवाईको प्रसङ्गबाट हुन गएको खारेजीलाई अमान्य गरे पनि जिकीर सबुदबाट हुन जाने निष्कर्षमा यो मुद्दा पुर्याइएको देखिएन । सबुद बुझ्ने काम पनि हुनैपर्छ । गैरकानूनी गरेको वापतमा हुन जाने प्रतिकृयाहरू केहि नभएकोले तत्सम्बन्धी अपील तहमा जिकीर गर्न सकिने कुराहरू पनि लोप हुन जान्छ । उसमा पनि अ.बं.६१ नं.का ऐनमा खारेज भई मिसिल फर्केकोमा गर्ने व्यवस्था भएकोबाट तल्ला अदालतमा इन्साफ गर्न निमित्त माथिल्ला तहबाट मिसिल जाँदो रहेछ भनी देखिएकै छ । तसर्थ, डिभिजन बेञ्चका फैसलाबमोजिम किनारा गर्न निमित्त मिसिल जिल्ला अदालतमा पठाईएको मुनासिवै छ । (प्रकरण नं. १०) (३) मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न नमिल्ने । तत्कालको अ.बं.१७२ हालको अ.बं.१३३ नं.बमोजिम मनासिव माफिकको कागज गराउन सकिने । कारणबस दर्ता भईसकेको फिरादपत्रमा दरपिठगरी फिर्ता गर्दा आउने जवाफ लिनु परेको छ भने तत्काल प्रचलित अ.बं.१७२ नं.को अ.बं.१६३ नं.को प्रयोग हुन सक्छ । मनासिव माफिकको कागज गराउन सकिन्छ । मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न हुँदैन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 336 |
|---|---|
| मुद्दाको विषय | लिखत पास |
| निर्णय वर्ष / मिति | 2023/06/25 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 336 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
