नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 335 · वि.सं. २०२३

नि.नं. 335 — बाली दिलाई चलन चलाई पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै पक्षलाई दायित्व गराउन कुनै सबुद अर्को पक्षबाट पेश भएमा त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीका मानिस भन्न पर्ने र अ.ब.१३९ नं.बमोजिम हुनु बुझ्न पर्ने । प्रतिवादीलाई दायित्व गराउने कुनै सबुद वादी तर्फबाट पेश भएकोमा लेखबाट त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीको मानिस भनी बुझ्नलाई अ.बं.१३९ नं.को प्रयोग हुन्छ । (प्रकरण नं. ११) (२) कस्तो ब्यहोरा पुग्न नसक्ने ? मोही लागेको छ भनी थाहा हुँदाहुँदै पनि मोही खोजी पत्ता लगाउने दावी गरी जग्गा कमाउने मोहीहरूसँग बाली भराई पाउँ भन्ने दावी नगरी प्रतिवादीले वादीलाई लिखत गरी दिई सकेपछिका सालको बालीमा मुद्दा परी पाउने ठहर भएको छ भन्ने जस्तो भान पारी प्रतिवादी निरकुमारी उपर वादीले दावी गरेको ब्यहोरा पुग्न आएको देखिंदैन । (प्रकरण नं. ११) (३) भोगबन्धकीको लिखतमा साहुले भोग नगरी छाडेमा बालीको हक नरहने । कपाली गराउनै खोजेको भएमा पनि लिखतवालाले मोही लगी कबुलियत गराउन नमिल्ने । बाली बुझाउँला भन्ने कबुलियत नभएमा र बाली खाएको सबुदसमेत नभएमा बाली खाएको भन्न नमिल्ने । लिखत दुरुस्त भए पनि भोगबन्धकीमा साहुले भोग नगरी छोडेमा मोहीको दरकार रहँदैन । बाली पाउने हक पनि रहँदैन । यदी वादीले कपाली सरह गराउन खोजेको रहेछ भने लिखतवाला दिव्यमान सिंले मोही लगी कबुलियत गराउन पनि सक्दैन । बन्धकीमा धनीले चलन गर्न चाहेमा मात्र मोहीलाई खोज्छ । नखोजेसम्म चलन गरेकै हुँदैन । बाली बुझाउँला भन्ने कबुलियत पनि नभएको निजले बाली खाएको छ भन्ने सबुद पनि नभएको कारणले समेत निरकुमारी उपर बालीमा दावी लाग्न सक्दैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.335
मुद्दाको विषयबाली दिलाई चलन चलाई पाउँ भन्ने
निर्णय वर्ष / मिति2023/06/25
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्