नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3331 · वि.सं. २०४५
नि.नं. 3331 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोगचलन तिरोको आधार देखाउँदै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(२) बमोजिमको म्यादभित्र निवेदकले उजूरी निवेदन दिएपछि निवेदकको प्रमाण समेत बुझी के कति कारणले विवादित जग्गा गौचरण कायम हुने हो सबूद प्रमाण उल्लेख गरी निर्णय गर्नु पर्नेमा निवेदकलाई तारेखमा नै नराखी निजको प्रमाण नबुझी नापीमा गौचरण जनिएकै आधारमा मात्र गौचरण कायम गरी निवेदकको उजूरीमा खास कारवाही नै नगरी तामेलीमा राखी सो को जानकारी दिनु भनी निवेदकको उजूरी सम्बन्धमा भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3331 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/09/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिहं |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3331 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
