नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3328 · वि.सं. २०४५

नि.नं. 3328 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनको मर्यादा राखी आफ्नो हकको प्रयोग अरुको हकको हनन नहुने गरी गर्नु प्रत्येक नागरिकको मूल कर्तव्य हुन जाने हुँदा प्रत्यर्थीहरूले आफ्नो हकाधिकारको जग्गामा कुनै किसिमका कार्य गर्न नपाउने भन्न मिल्ने समेत देखिन आएन, तर प्रत्यर्थीहरूले आफ्नो जग्गामा गरेको कार्यबाट निवेदिकाको सम्पत्तिमा असर पर्न जान दिनु भएन, प्रत्यर्थीले उपरोक्त बमोजिम काम कारवाही गरेमा निवेदिकाको हक अधिकारमा हनन हुन जाने आशंकासम्म देखिन आएकोले आफ्नो हकको प्रयोगमा अर्काको हकको हनन नहुने गरी कार्य गर्नु भनी निषेधाज्ञाको आदेश जारी नगरेको म.क्षे.अ. को इन्साफ नमिली त्रुटिपूर्ण हुँदा बदर हुन्छ, निवेदिकाको सम्पत्तिमा नोक्सान गर्न नपाउने गरी आफ्नो हकको सम्पत्ति उपभोग गर्न पाउने गरी प्रत्यर्थीहरूको नाउँमा निषेधाज्ञा जारी हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3328
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2044/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3328
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्