नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3321 · वि.सं. २०४५
नि.नं. 3321 — क्षतिपूर्ति दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले आफ्नो क्रियाकलापबाट बागमती अञ्चलमा चुरोट व्यापारमा र व्यापारिक प्रतिष्ठामा समेत धक्का पुर्याउने गरी कार्य गरेको निजको विरुद्धमा डिलरहरूले प्रधानमन्त्री लगायतमा उजूरी गरेको र त्यस उजूरी बारे सोधनी गर्दा सन्तोषप्रद जवाफ नदिएको साथै कारखानालाई थाहा पत्ता नदिई अर्को फर्म कमल ट्रेडर्सलाई डिष्ट्रिव्यूटर नियुक्ति गरी डिलरहरूसंग झमेला गरेको र सो बारे सोधनी गर्दा कुनै जवाफ नदिएको साथै बागमती अञ्चलमा हाल डिष्ट्रिव्यूटर्ससीप नराख्ने नीति निर्धारण भएकोले सम्झौताको दफा १७ बमोजिम सूचना दिई सम्झौता समाप्त गरिएको भन्ने जनकपुर चुरोट कारखानाको प्रतिउत्तर जिकिर देखिन्छ, कमल ट्रेडर्स नामको फर्मलाई डिष्ट्रिव्यूटर नियुक्त गरेको भन्ने आरोपको खण्डन वादीतर्फबाट हुनसकेको देखिएन, कारखानाको हित विरुद्ध कुनै काम गरेको महसुस हुनआएमा सम्झौता समाप्त गर्न सकिने कुरा उक्त २०२५।३।३ को निर्णयबाट नै दखिएको हुंदा सम्झौताको दफा १७ बमोजिम २०२६।१०।२० को पत्रद्वारा एक महीनाको अग्रिम सूचना दिई २०२६।११।७ देखि सम्झौता समाप्त गरिएकोलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3321 |
|---|---|
| मुद्दाको विषय | क्षतिपूर्ति दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2044/12/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हेरम्वराजको फैसला । | माननीय न्यायाधीश श्री हेरम्वराजज्यूसंग मेरो राय नमिलेकोले नियमबमोजिम फुलबेन्चमा पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजिन बेन्चको माननीय न्ययाधीश श्री सुरेन्द्रप्रसाद सिंहको फैसला । | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई २०४३।३।१८ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3321 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
