नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3312 · वि.सं. २०४४
नि.नं. 3312 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठयाई मारेको भनी देखाए बमोजिम कै चिन्हहरू लाश जाँच प्रकृति मुचुल्काबाट देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्ट मार्टममा देखाइएको घाँटीको चारैतिर परेको डोरीको डामको आधारमा मृत्युको कारण काटी थिची सास बन्द भई मरेको भनी राय व्यक्त गरेकोबाट उक्त साविती अन्यथा मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २३) वारदातको दिन अभियुक्तहरू आफ्नै घरमा रहे भएको भनी देखाए पनि सावितीमा देखाइएको वारदातको रात भर नै अभियुक्तहरू आफ्नै घरमा रहेको भनी अनिवार्य रुपले मान्नु पर्ने सम्मको कुनै अवस्था नदेखाएकोबाट ती साक्षीहरूले अभियुक्तहरूलाई वारदातको दिन रातमा निजहरूकै घरमा देखिए पनि वारदात घटेको समयमा अभियुक्तहरू मर्नेको घरमा गई मर्नेलाई कर्तव्य गरी मारेको होइन भनी भन्न सकिने अवस्था कुनै रहे भएको मिसिलबाट नदेखिएको हुँदा प.क्षे.अ.ले अभियुक्तहरूले नै मर्नेलाई कर्तव्य गरी मारेको ठहराएको शुरु इन्साफ सदर गरेको मनासिब ठहर्छ । (प्रकरण नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3312 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3312 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
