नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3311 · वि.सं. २०४४
नि.नं. 3311 — खुन डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम देखिई अभियुक्तहरूलाई सफाई दिई फैसला भएकोमा श्री ५ को सरकार तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को फैसला अन्तिम भई बसेकोबाट पनि यी प्रमाणहरूलाई जिकिर बमोजिमको मान्यता दिन मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3311 |
|---|---|
| मुद्दाको विषय | खुन डाँका |
| निर्णय वर्ष / मिति | 2044/09/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3311 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
