नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 330 · वि.सं. २०२३

नि.नं. 330 — कुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साक्षी सर्जमिनको लेखाई “सुनेको भन्ने सम्म” भई प्रत्यक्ष देखेको भन्न नभएमा तथ्ययुक्त प्रमाण मान्न नमिल्ने । ती साक्षी सर्जमिन कसैले पनि मानबहादुरले काटेको आफैले प्रत्यक्ष देखेको भन्न नसकी अरुअरुबाट सुनेकोसम्म भनेको । त्यस्तो सुनेको भन्नेसम्म कुरालाई तथ्ययुक्त प्रमाण मान्न नमिल्ने । (प्रकरण नं. १२) (२) रगत नथामिएको घाउ चोट भएमा अघिल्लो दिन काटिएको घाउ चोट भन्न नमिल्ने । सोही दिनको केही समय अघिको भन्नु पर्ने । पूर्व ६ नं.अदालतबाट ११ साल मार्ग २ गते वादी खड्गबहादुरको घाउ जाँच हुँदाको अवस्था रगत समेत थामी नसकेको भन्ने घाउ जाँच मुचुल्कामा लेखिएको अघिल्लै दिन मार्ग १ गते राती मानबहादुरले काटे कुटेको घाउ चोट भए भोलिपल्ट मार्ग २ गते घाउ जाँच हुँदासम्म त्यसरी रगत आई रहन सक्ने संभावना देखिन आएकोले घाउ जाँच हुन भन्दा केही समय मात्र अगाडि उस दिन परेको घा चोट रहेछ भन्ने सिद्ध हुन आउँछ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.330
मुद्दाको विषयकुटपिट
निर्णय वर्ष / मिति2023/05/31
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 330
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्